रुद्रपुर सामुदायिक वन

हाम्रो पृष्ठभूमि

ऐतिहासिक पृष्ठभूमि

यस कञ्चन गा.पा.मा परापूर्वक सालदेखी नै थारु समुदायको बसोबास रहेको देखिन्छ । त्यसपछि यहाँ बिस्तारै पहाडि भेगवाट मानिसहरु आउनाले बस्ती बाक्लिदै गएको छ । घना जंगल रहेको यस क्षेत्रको वन बिस्तारै अतिक्रमण हुँदै जादा वि.स. २०३५ / २०३६ मा बढि नै वन फडानी भई बस्ती बसेको थियो । २०४६ सालको बहुदलिय व्यवस्थाको आगमन र राजनीतिक संक्रमणनकालिन अबस्थाले यहाँको वन तिब्र अतिक्रमण भयो । यस बनको कतिपय ठाउँमा झण्डै उजाड जस्तै र एक ठाउँवाट हेर्दा पुरै अर्को गाँउ देखिने अवस्था आएको थियो । अव्यवस्थित वस्ती रहेकोले वनमा चाँप परेको देखिन्छ । सामुदायिक वनको अवधारना आएपछि वि.स.२०५४ सालमा सामुदायिक वन उपभोक्ता समूहको स्थापना भएपछि मानिसमा वनको सम्वर्द्वन र संरक्षणमा चासो बढ्यो । यस सामूदायिक वनले करिव दुई दशकको अवधिमा ग्रामिण विकास, शैक्षिक क्षेत्रको विकासमा योगदान, विद्युत विस्तार धार्मिक संघ संस्था लगायत अर्न्य भौतिक निर्माणमा योगदान पुऱ्याएको छ । वन अतिक्रमण तथा खुल्ला चरिचरणको नियन्त्रण, चोरीनिकासीको रोक लगाई वनलाई दिर्घकालिन रुपमा हैसियत सम्पन्न वैज्ञानिक पद्वती अनुसार दिगो व्यवस्थापन गर्नु आजको आवश्कता हो ।

पुनरावलोकनको औचित्य तथा आधार

वन क्षेत्रमा बुढो, मर्न लागेको वार्षिक बृद्धि रोकिएको वा कम भएको रुख रहेको, छत्र घनत्वको कारण पुनरुत्पादन वृद्धि आशातित हुन नसकेको साथै यस वन क्षेत्रको दिगो/ वैज्ञानिक वन व्यवस्थापन गर्न सकेमा वनको हैसियतमा सुधार आउने, उत्पादत्व वढ्ने, पर्यावरणमा सुधार आउने तथा कार्वन सञ्चितीकरणमा समेत टेवा पुग्ने भएकोले जनताको माँग र वनको अवस्थमा सुधार हुने भएकोले दिगो वन/वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना निमार्ण गर्न आवश्यकता महशुस गरि यो वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार Irregular Shelter wood System अपनाउने गरी यो वन व्यवस्थापन कार्ययोजना २०७७, आगामी १० वर्ष आ.व. २०७७ ०७८ देखि आ.व.२०८६।०८७ को लागि तयार गरिएको हो ।

यस सामुदायिक वन उपभोक्ता समुहवाट परापुर्व काल देखि संरक्षण गर्दै आएको वन क्षेत्रको उचित संरक्षण तथा सम्वर्द्धन गर्न परापुर्व काल देखी सदुपयोग गर्दै आएको वन क्षेत्र ४४६.११ हे. रहेको छ । ३९४.६१ हे. वन क्षेत्र रहेको कम्पार्टमेन्ट १ सालको वाहुल्य भएको असना वाझी कर्मा प्रजातीको मिश्रित वन क्षेत्र हो । यस वन क्षेत्रमा बुढो, मर्न लागेको वार्षिक वृद्धि रोकिएको वा कम भएको रुख रहेका छन् । त्यसैले यस वन क्षेत्रको दिगो/वैज्ञानिक वन व्यवस्थापन गर्न सकेमा वनको हैसियतमा सुधार आउने, उत्पादत्व वढ्ने, पर्यावरणमा सुधार आउने तथा कार्वन सञ्चितीकरणमा समेत टेवा पुग्ने भएकोले जनताको माँग र वनको अवस्थमा सुधार हुने भएकोले यो १० वर्षे दीगो वन व्यवस्थापनमा आधारित बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार Irregular Shelter wood System अपनाउने गरी यो वन व्यवस्थापन कार्ययोजना २०७६, आगामी १० वर्ष आ.व. २०७६।०७७ देखि आ.व.२०८५।०८६ को लागि तयार गरिएको हो । ५१.५० हे. वन क्षेत्रमा इर्को पार्क, बाटो, आवादि तथा खेल मैदानहरु रहेका छन् ।

दुरदृष्टि

दीगो / बैज्ञानिक वन व्यवस्थापन मार्फत वनको हैसियतमा सुधार गरी जैविक विविधता तथा वन्यजन्तुको बासस्थान संरक्षण गर्दै वनको उत्पादकत्व र उत्पादन बृद्धि गरी स्थानिय तथा राष्ट्रिय स्तरमा वन पैदावारको आपूर्तिमा सहजता ल्याउने।

दीर्घकालिन उद्धेश्यहरु

  • वनको दीगो/वैज्ञानिक ब्यवस्थापनबाट वनको हैसियतमा सुधार गरी वातावरणीय लाभ प्राप्त गर्ने,
  • वन पैदावारको आपूर्ति दीगो तथा सहज रुपमा गर्ने,
  • वन व्यवस्थापन मार्फत स्थानिय रोजगारीका अवसर सृजना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने,
  • वन ब्यवस्थापन गरी जलवायु परिवर्तनमा पारेको सकारात्मक प्रभावको अभिलेख गरी कार्वन ब्यापारको लागि आधार तयार गर्ने,
  • वन्य जन्तुको वासस्थान संरक्षण गरी वन्यजन्तुको संरक्षण गर्ने,
  • भु तथा जलाधार क्षेत्रको संरक्षण तथा विकास गर्ने,
  • पोखरी, जलाशय तथा खाली चौर क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्ने ।

अल्पकालिन उद्धेश्यहरु

  • सामुदायिक वन क्षेत्रमा कार्ययोजना बमोजिमका वन व्यवस्थापन तथा सम्बर्द्धनका कार्यहरु गर्ने,
  • उपभोक्तालाई आवश्यक वन पैदावारको वितरण प्रणालीलाई सुलभ र न्यायोचित गराउने,
  • सम्भावित तथा मौजुदा गैह्रकाष्ठ वन पैदावारको संरक्षण तथा व्यवस्थापन कार्यहरु गर्ने, वनलाई संरक्षण गर्ने,
  • आगलागि, चरिचरण, चोरी वा अव्यवस्थित कटानी जस्ता वनलाई हानी पुर्याउने तत्वहरुबाट वनलाई संरक्षण गर्ने ,
  • वन्यजन्तु पंक्षीको संरक्षण गर्ने, वन्यजन्तु तथा पंक्षीलाई लखेट्ने, मार्ने, शिकार गर्ने कार्यलाई नियन्त्रण गर्ने,
  • भू-क्षय नियन्त्रण, नदी तटिय कटान नियन्त्रण, पानी निकास व्यवस्थापन तथा जलाधार ब्यवस्थापनको काम गर्ने,
  • जलवायु परिवर्तनका प्रभाव न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरु सञ्चालन गर्ने,
  • वन पैदावार संकलन तथा विक्रिवितरणको रेकर्ड आधुनिक तरिकाले राख्ने,
  • आर्थिक शुसासन, पार्दशिता, उत्तरदायी तथा सक्रिय जनसहभागितामा आधारित वन व्यवस्थापन कार्य सञ्चालन गर्ने,

जोखिम विश्लेषण

सामुदायिकको वन कार्ययोजना २०७३ कार्यान्वयन पश्चात तल उल्लेखित सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरु देखिएको छ ।

सबल पक्ष

विगतको दिनहरु भन्दा यो सामुदायिकको वन कार्ययोजना २०७३ कार्यान्वयन पश्चात सामाजिक सुदृढिकरणमा वृद्धि भएको छ ।

  • यो सामुदायिक वनको कार्ययोजना लागु भए पश्चातमा सामाजिक सुशासनको स्थितिमा क्रमिक रुपमा बृद्धि भएको ।
  • स्थानिय जनसमुदायमा सामुदायिक वन हाम्रो हो भन्ने भावनाको विकास भएको पाईयो ।

सुधार्नु पर्ने पक्ष

आगामी दिनहरुमा सुशासनको स्थितिमा अझै वृद्धि गर्नु पर्ने,

  • वनको हैसियत सुधार गर्न वनलाइ दीगो/बैज्ञानिक किसिमको ब्यवस्थापनमा लग्नु पर्ने,
  • जैविक विविधता संरक्षणमा विशेष पहल गर्नुपर्ने,
  • कमजोर भू-बनोटको दीगो व्यवस्थापन,
  • वन क्षेत्रभित्रबाट आवत जावत गर्ने अति अवाश्यक तथा मुलबाटो मात्र प्रयोग गर्ने र अन्य बाटोहरु बन्द गर्ने,
  • चरिचरण आगलागी तथा चोरी शिकारी नियन्त्रण कार्यमा जनसहभागिता बृद्धि गर्नुपर्ने
  •   गरिब, विपन्न र दलित लक्षित कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने,
  •   वन विकास भन्दा सामाजिक विकासमा जोड दिईएको पाईएको हुँदा वन विकासको रकम अन्य शिर्षकमा खर्च मिलान गर्न नहुने ।